संकटकाल छिट्टै लागू हुन्छ: डोनाल्ड ट्रम्प

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने विषयमा विवाद बढेपछि फेरि संकटकाल लगाउने बताएका छन् । 

देशमा अवैध आप्रवासीहरुलाई रोक्न जरुरी भएका कारण अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन आवश्यक रहेको ट्रम्पको भनाई छ । पर्खाल बनाउने विषयमा सहमति जुट्न नसकेपछि उनले संकटकाल लागू गर्ने बताउँदै आएका छन् । 

डोनाल्ड ट्रम्प आफ्नो विवादित योजनाका लागि समर्थन जुटाउने उद्देश्यले बिहीबार टेक्सास पुगेका थिए । भ्रमणका क्रममा उनले संकटकाल छिटै लगाउने बताएका छन् ।  

बुधबार पनि ट्रम्पले राष्ट्रिय संकटकाल लागू गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताएका थिए । डेमोक्रेटिक पार्टीका नेताले पर्खाल बनाउन ५.७ अरब डलर विनियोजन नगरे संकटकाल घोषणा गर्ने धम्की दिँदै आएका छन् ।

यो विषयमा सहमति नभएपछि ट्रम्प डेमोक्रेटिक नेताहरुसँग भएको बैठक पनि बीचमै छोडेर हिँडेका थिए । 

टेक्सास भ्रमणको क्रममा उनले भनेका छन् ‘म आप्रवासको अवस्था स्तरिय बनाउन चाहन्छु, यसका लागि समय लाग्नेछ । यो निकै जटिल काम हो । ३०–३५ वर्षदेखि अमेरिकामा सुधारको काम भइरहेको छ, आप्रवासलाई सुधार्न सबैभन्दा पहिला सीमामा अवरोधक बनाउन आवश्यक छ । यो काम छिट्टै पूरा गर्न संकटकाल लागू गर्न सकिन्छ ।’
 





  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार १३:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया