स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा किन हार्यो कांग्रेस ?

उदयपुरको त्रियुगा नगर कार्यपालिकाको शनिबार सम्पन्न निर्वाचनमा वामगठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेसका सदस्यहरूले ‘फ्लोर क्रस’ गर्दा वामगठन्धन निर्वाचित भएको हो ।

त्रियुगा नगर कार्यपालिकामा नेपाली काग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वातचनमा दुई मत ‘फ्लोर क्रस’ हुँदा विपक्षी वामगठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा कांग्रेसले ‘फ्लोर क्रस’ गरेपछि वामगठबन्धनको जित भएको हो । 

आठजना उम्मेदवारलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्नेमा फ्लोर क्रस गरेर सातजना निर्वाचित भए पनि एकजनाको बराबरी मत आएको थियो । पछि गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भए ।  

त्रियुगा नगरपालिकामा कुल ८२ मत रहेकोमा नेपाली कांग्रेसको मात्रै ४२ मत थियो भने वामगठबन्धनको ४० मत मात्र थियो । अल्पसंख्यकबाट नेकपा एमालेका डिल्लीसेर राई र नेकपा माओवादी केन्द्रका विमल राईले ४२–४२ मत प्राप्त गरी निर्वाचित भएका छन्  । यसैगरी, महिलातर्फ गीताकुमारी उप्रेती एमाले, रेणुका श्रेष्ठ एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भए । 

दलित तर्फबाट कुन्ति परियार नेकपा माओवादी केन्द्र, सुनिता गजमेर नेकपा एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने कांग्रेसका बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रका प्रल्हादकुमार विश्वकर्माको ४१–४१ मत बराबरी आएपछि गोला प्रथाद्वारा कांग्रेसका बलदेव विश्वकर्मा निर्वाचित भए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठजना कार्यपालिका सदस्यमध्ये नेकपा एमालेले चार सिट, नेकपा माओवादी केन्द्रले तीन सिट र गोला प्रथाबाट कांग्रेसले एक सिट हात पारेको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १७:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया