पेगम्बर टिप्पणी विवादः राँचीमा दुईको मृत्यु

पेगम्बर मोहम्मदको विषयमा भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नुपूर शर्माको टिप्पणीविरुद्ध भारतका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार राँचीको रिम्स अस्पतालमा प्रदर्शनमा प्रहरीको झडपपछि घाइते भएर ल्याइएका घाइतेमध्ये २ जनाको मृत्यु भएको हो ।

शुक्रबार जुमेको नमाजपछि भारतका विभिन्न सहरमा नुपूरको टिप्पणीको विरोधमा प्रदर्शन सुरु भएको हो । 

राँचीमा मात्र सयौँ मानिसहरु प्रदर्शनमा निस्किएका छन् र प्रहरीसँगको झडप भइरहेको छ । त्यहाँ प्रहरीले धारा १४४ लागु गरेको छ । अनि त्यहाँ इन्टरनेट सेवा आइतबारसम्मका लागि बन्द गरिएको छ ।
 





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १८:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया