हिन्दी, बाङ्ला र उर्दु भाषालाई राष्ट्रसंघले दियो मान्यता

राष्ट्रसंघीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसंघका औपचारिक एवं अनौपचारिक सञ्चार एवं सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ । 

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एनटोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् । 

भारतले सन् २०१८ देखि राष्ट्रसंघीय विश्व सञ्चार विभागसँग साझेदारी गर्र्दै हिन्दीमा समाचार एवं समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ । बहुभाषिकता विश्व समुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ । 

अरबी, चिनियाँ, अंग्रेजी, फ्रान्सेली, रुसी र स्पानेली राष्ट्रसंघका औपचारिक सञ्चारका आधिकारिक भाषा हुन् । अंग्रेजी र फ्रान्सेली राष्ट्रसंघीय सचिवालयका कामकाजका भाषा हुन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १८:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया