बलिउडका अभिनेता तथा क्रिटिक केआरके सामाजिक सन्जालमा निकै सक्रिय छन् । कतिसम्म भने उनले ट्विटमा लेखेका विषयलाई भारतका मिडियाले प्राथमिकताका साथ समाचार बनाइरहेका हुन्छन् ।
कार्तिक आर्यन र अक्षय कुमारलाई तुलाना गरेर लेखेको उनको ट्विटले पनि अब त्यस्तै स्पेस पाएको छ, समाचारहरुमा ।
केआरकेले कार्तिक र अक्षयलाई तुलना गरेका छन्, फिल्म भूलभूलैया २ र सम्राट पृथ्वीराजको व्यापारको हिसाबले । अनि उनले गरेको ट्विटर निकै छिटो भाइरल भइरहेको छ ।
भूल भूलैया २ ले चौथो शुक्रबार १ करोड ५० लाख कमाएको र अक्षयको सम्राट पृथ्वीराजले १.२५ करोड दोस्रो शुक्रबार कमाएको भन्दै उनले अक्षयभन्दा अब कार्तिक आर्यन राम्रो भएको बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।