शारीरिक सम्बन्ध राख्न नदिएपछि भाउजूको हत्या

दार्चुलामा एक पुरुषले भाउजू नाता पर्ने महिलाको हत्या गरेका छन् । शारीरिक सम्बन्ध राख्न नमानेपछि शैल्यशिखर नगरपालिका–१ का भोजराज खडायतले अनिभा खडायतको बीभत्स हत्या गरेको खुलासा भएको छ । 

गत बुधबार बिहान ४ बजेतिर प्रहरीले खरको कुन्युमा जलेको अवस्थामा अनिभाको शव बरामद गरेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा भोजराजले घरमा सुतिरहेकी अनिभालाई बोलाएर नजिकैको बारीमा लगेको र त्यहाँ शारीरिक सम्बन्ध राख्नेबारेमा विवाद भएपछि टाउकोमा ढुंगाले हिर्काएर हत्या गरेको खुलेको छ ।
 
हत्यापछि घरतिर फर्किरहेका भोजराजलाई अनिभाकी छोरी गौमतीले देखेपछि पोल खुल्ने डरले फेरि बारीमा गएर खरको कुन्युमा उनलाई जलाएको अनुसन्धानबाट खुलेको दार्चुलाका प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) प्रतीक विष्टले जानकारी दिए । ४५ वर्षीय अनिभाका श्रीमानको सात वर्षअघि निधन भएको थियो । 

‘राति कसैले आमा (अनिभा)लाई बाहिरबाट बोलाएको सुनेर निद्राबाट बिउँझिएकी गोमतीले धेरैबेरसम्म आमा नफर्केपछि बाहिर आएर खोजतलास गर्ने क्रममा भोजराजलाई देखेपछि उसले पोल खुल्ने डरले अनिभाको शव खरको कुन्युले छोपेर जलाएको रहेछ,’ डिएसपी विष्टले भने । 

अनिभा र भोजराज घर नजिकै रहेको छ । खरको कुन्युमा जलाइएकी अनिभाको दायाँतिरको शरीरको भाग पूरै जलेको अवस्थामा फेला परेको थियो । 

प्रहरीले अभियुक्त भोजराजको साथबाट अनिभाको कानको दुईवटा सुनको गहना र नाकको फुलीसमेत बरामद गरेको थियो । प्रहरीले भोजराजलाई बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट पक्राउ गरेको जनाएको छ । 

उनीउपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । 



उनी चमेलिया जलविद्युत आयोजना, बलाँचमा सुरक्षा गार्डका रुपमा कार्यरत छन् । भोजराजका श्रीमती तथा चार छोराछोरी छन् ।



  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १९:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया