पोल भाँचिदा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलामा बिजुलीकोे पोल भाँचिदा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय महादेव भट्टले आफ्नै जमिनमा रहेको रुख काट्दा पोल भाँचिएपछि तीनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि गुरुखोला आसपसाका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन् । विगत तीन दिनदेखि बिजुली नहुँदा आफूहरुलाई समस्या भएको गुरुखोलाका स्थानीय नर बहादुर टेरले बताए ।

विद्युतको पोल भाँचिदा दशरथचन्द नगरपालिका वडा नं १ र २ तथा सुर्नया गाउँपालिका वडा नं १ का विभिन्न स्थानका स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत पोल भाँचिएकै कारण रेडियो निंगलाशैनी जेनेरेटरबाट सञ्चालन गर्नुपरिरहेको छ ।

दशरथचन्द नगरपालिका वडा नं १ का खाल, कलौन, झोकाली लुइटा, पितलथला, नाका र सुर्नया गाउँपालिकाको हटैराज र दनपाकै वडा नं २ को दौला टोलमा समेत विद्युत सेवा अवरुद्ध छ । यता, नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधव लेखकले भने नयाँ पोल गाडेर  विद्युत् सेवा सुचारु गर्ने काम भइरहेको बताएका छन् । 

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका भट्टले रुख काट्दा एक्कासि हावाले पोलमा ढलेको बताए । रुख पोलभन्दा धेरै टाढा रहेको भए पनि हावाका कारण पोलमा पुगेको उनले बताए । उनले भने, ‘दाउराका लागि रुख काट्यौँ, पोलभन्दा फरक साइडमा ढलाउन खोजेका हौँ, तर हावाले पोलमा बजारियो म आफैँ चिन्तित छु ।’





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १९:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया