युक्रेनका अधिकारीहरुले रुसी आक्रमणसँग लडिरहेको युक्रेनी सेनासँग अब गोला बारुद सकिएको जनाएका छन् ।
दक्षिणी सीमा माइकोलाइव क्षेत्रका गर्भनर विटाली किमले युद्ध हतियारको दममा लडिने भए पनि आफूहरुसँग अब हतियार नै नभएको बताएका हुन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार उनले युक्रेनी सेनासँग हतियार सकिएको यो समयमा रुसी सेना थप शक्तिशाली भएको टिप्पणी गरेका छन् ।
उनले पश्चिमा देशको सहयोग अब थप आवश्यक भएको र युरोप तथा अमेरिकाको सहयोग अहिले चाहिएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।