चीनको एक रेष्टुरेन्टमा महिलाहरुमाथि आक्रमण भएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । चीनको सामाजिक सन्जालमा यो आक्रमणको भिडियो निकै चर्चित बनेको थियो ।
यो भिडियोले गर्दा पछिल्लो समय चीनमा महिलामाथि हिंसाको विषयमा आवाज उठ्न थालेको छ ।
एउटा रेष्टुरेन्टमा एक जना पुरुषले महिलामाथि हात राखेपछि महिलाले उनको हात हटाएकी थिइन् । उनले हातमात्र के हटाएकी थिइन्, ती पुरुषले ती महिला र त्यहाँ रहेका उनका साथीहरुमाथि आक्रमण गर्छन् । सँगसँगै ती पुरुषका साथीहरुले पनि महिलामाथि आक्रमण गर्न थाल्छन् ।
आक्रमणबाट घाइते भएका दुई महिलालाई त्यहाँको एक अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको चिनियाँ मिडियाले जनाएका छन् ।
ताङ्सानको प्रहरीले पक्राउ गरेका ९ जनालाई कडा कारवाही हुनु पर्ने चिनियाँ मिडिया तथा सामाजिक सन्जालमा आवाज उठेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।