भारतमा टलिउड उद्योगमा निकै चर्चित भएकी फेसन डिजाइनर प्रत्युषा गारिमेला शनिबार साँझ आफ्नो निवास बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत भेटिएकी छिन् ।
उनी मृत भेटिएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।
३५ वर्षकी प्रत्युषाको कोठाबाट एउटा कार्बन मनोअक्साइडको बोतल पनि भेटेको थियो । यही कारण उनले आत्महत्या गरेको हुनसक्ने आाशंका गरिएको छ ।
केही समय यता उनी डिप्रेसनमा रहेकाले पनि उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।