अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाइका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाइसमेत स्थगित भएको थियो । प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाइको क्रममा विवादपछि साङ्ला छोडिएको हो ।
अदालतमा भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो । अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौँ साङ्लाहरू छोडिएका थिए ।
साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ । साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो । अदालतका अधिकारीहरूले खराब आँचरण, सरकारी प्रशासनमा बाधा पुर्याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा एक ३४ वर्षीया महिलालाई पक्राउ गरेका थिए । तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन् ।
सुनुवाइको समयमा अदालतममा भएको हर्कत त्यहाँको कारवाहीमा बाधा र क्षति पुर्याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।