काठमाडौंमा नागरिकताविहीनहरूको प्रदर्शन जारी [तस्बिरहरू]

नागरिकताविहीन नागरिक संघर्ष समितिले नेपालको संविधानको भाग २ धारा ११ को उपधारा ३ र ५ को छिटो कार्यान्वयनमा ल्याउन माग राख्दै प्रदर्शन जारी राखेको छ । समितिले दिनहुँ सरकारको वेवास्ताका कारण नागरिकता नपाएको भन्दै माइतीघरमा दिनहुँ प्रदर्शन गरिरहेको हो । प्रदर्शनमा नागरिकताविहीन महिला, पुरुषदेखि बालबालिकासमेत सहभागी छन् । उनीहरूले छिटो संसदबाट नागरिकता विधेयक पारित गरेर आफूहरूलाई न्याय दिन आग्रह गरेका छन् । साथै, प्रदर्शनमा सहभागीहरूले विगतमा नागरिकता नभएर गुमाएको क्षतिपूर्तिसमेत पाउनुपर्ने माग राखेका छन् । उनीहरूले आफनो माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् । 

तस्बिरमा नागरिकताविहीनहरूको प्रदर्शन :





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १४:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया