गायक तथा लेखक श्याम ढकालको 'हंड हंड बोलको गीत सार्वजनिक भएको छ । नेपालको पश्चिमी क्षेत्रमा बोलिने लवज, शब्द तथा परिवेश समेटिएको ‘हंड हंड’ बोलको गीत ढकालले आफ्नो ‘श्याम ढकाल’ नामको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरेका हुन् ।
गीतको गायन, शब्द तथा संगीतमा ढकाल आफैँले गरेका छन् । संगीत सम्पादनतर्फ भूपू पाण्डे, भिडियोमा वरिष्ठ कलाकार प्रेमदेव गिरी, रितु रोनी र ढकाललगायतको अभिनय देख्न सकिन्छ ।
गीतले ग्रामीण भेगमा भएको अन्तर्जातीय प्रेम र सो क्षेत्रको जीवनशैलीका बारेमा समेटेको छ । ‘हंड हंड’ बोलको गीत गायक तथा लेखक ढकालको पहिलो रचना हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।