काठमाडौं– गाईपालक उद्यमी युवाको कथामा बनेको फिल्म ‘गोपी’ अहिले चर्चामा छ । केही साताअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलर र फिल्मको शीर्ष गीत लोकप्रिय बन्दै गएको छ ।
रिलिज मिति नजिकिएसँगै निर्माण टोली फरक शैलीमा प्रचार–प्रसारमा उत्रिएको छ । फिल्म युनिट अहिले सिंहदरबारका विभिन्न मन्त्रालयमा पुगेर प्रचार–प्रसारमा जुटेको हो ।
मंगलबार ‘गोपी’ युनिटले श्रम, रोजगार तथा सामाजिकमन्त्री गोकर्ण विष्टसँग पनि भेटघाट गर्यो । मन्त्री विष्टले सिनेमा हेर्न हलसम्मै आउने वाचा गरेको फिल्मका निर्देशक दीपेन्द्र लामाले सुनाए । मन्त्री विष्टको भनाइ उद्धृत गर्दै निर्देशक लामाले भने, ‘श्रम मन्त्रालयले उठाउनुपर्ने विषय सिनेमाले उठाएको भन्दै मन्त्रीजी खुसी हुनुभयो ।’
श्रममन्त्रीलाई भेटेको भोलिपल्ट ‘गोपी’ युनिटले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई भेटेर पmिल्म हेर्न निम्ता दियो । विष्टलेझैँ मन्त्री खनालले पनि ‘गोपी’ युनिटसँग मन्त्री खनालले पनि सिनेमा हेर्न आउने वाचा गरेको निर्देशक लामाले सुनाए । त्यति मात्र होइन, कृषिमन्त्री खनालले त सिनेमासँग सहकार्य नै गर्ने तत्परता देखाएको निर्देशक लामाको दाबी छ ।
निर्देशक लामाका अनुसार फिल्म युनिट सिंहदरबारको प्रचारप्रसारपछि सिंहदरबार बाहिर पनि प्रचार–प्रसार गर्ने तयारीमा छ । फिल्मका कलाकार विपिन कार्की, सुरक्षा पन्त, निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेनाको टोली प्रचर–प्रसारमा सक्रिय भएर लागेको छ । ‘गोपी’ माघ १८ देखि देशभर प्रदर्शन हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।