मन्त्री झाँक्रीलाई गंगा चौधरीको सुझाब : आफूजस्तै सुन्दर सहर बनाउने दायित्व बोध गर्नुस्

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई सांसद गंगा चौधरीले आफूजस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न ध्यानाकर्षण गराएकी छिन्।  प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनले ‘लिपस्टिक लगाएर सुन्दरी बन्ने’ भन्दै व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन्। 

‘ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्योभन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व तपाईंसँग छ,' उनले भनिन्, 'आज काठमाडौं सहरमा दुर्गन्ध फैलिएको छ। तपाईंलाई त्यति पनि ज्ञान छैन भने घोराही उपमहानगरपालिकामा गएर हेर्नुहोस्। २० करोडको लगानीमा फोहाेरबाट वैकल्पिक ऊर्जा निकालिएको छ। काठमाडौंमा ४० करोड लाग्ला।’

कागजको खोस्टोमा लेखेर सुन्दर सहर नबन्ने बताउँदै उनले आफूजस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न मन्त्री झाँक्रीको ध्यानाकर्षण गराइन्। 

सांसद चौधरीको टिप्पणी मन्त्रीलक्षित नभई व्यक्तिगत भएको भन्दै सांसद निरादेवी जैरुले नियमापत्ति जनाएकी थिइन्। उनले देशकै सर्वप्रतिष्ठित स्थानमा रहेर संसदको गरिमाभन्दा बाहिर गएर चौधरीले बोलेको भन्दै नियमापत्ति जनाएकी हुन्। 

जैरुले भनिन्, ‘मन्त्रीलाई होइन, व्यक्तिगत रुपमा टिप्पणी भएको छ। त्यो रेकर्डबाट हटाइयोस्। आगामी दिनमा व्यक्तिगत टिप्पणी नगरियोस्।’





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १७:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया