रुसी सेनाको दाबी : पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार नष्ट गर्यौं

रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ । रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ ।

रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने, ‘लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ ।’  गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएको उनले बताए ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ । मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी–२९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो।

रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन् । पछिल्लाे समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार ६:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया