सामाजिक सञ्जाल: विवेकशील साझा ‘पानीको फोका !’

काठमाडौं । वैकल्पिक राजनीतिक दल बन्ने भनेर गत वर्ष एकता गरेका विवेकशील नेपाली र साझा पार्टी टुक्रिएपछि सामाजिक सञ्जालमा पनि यो विषयमाथि चर्चा सुरु भएको छ ।

गत वर्ष निर्वाचनको समयमा सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको विवेकशील साझालाई ‘फेसबुके’ दलको संज्ञा दिँदै रमेश दवाडी सामाजिक सञ्जालमा लेख्छन्, ‘फेसबुके पार्टी फुटेछ, आदर्शका चर्का गफ गरेर मात्र हुन्न ।’ 

विवेकशील साझालाई पानीको फोकासँग तुलना गर्दै गीति शैली अपनाउँदै टिवट्रमा रोमन सिंह भट्टराई लेख्छन्: 

पानीको फोका जस्तै रैछ विवकशील साझा 
नचाहँदा नचाहँदै हुन गा थियो माया 
अलिकति रवीन्द्रको घमण्ड भो, 
अलिकति उज्ज्वलको घमण्ड भो,
अलिकति नजर लाग्यो केन्द्रीय सदस्यहरूको
हो पानीको फोकाजस्तै रैछ 
विवेकशील साझा ।’

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाएकै दिन पार्टी फुटेको भन्दै केसी चोभारे टिव्टरमा लेख्छन्, ‘विवेकशील साझा पार्टी फुटेछ त्यो पनि राष्ट्रिय एकता दिवसको दिन ।’

साहित्यकार बुद्धिसागर पनि एकता दिवस मनाइरहँदा टुक्रिएको खबर आएको भन्दै टिव्रमा लेख्छन्, ‘देश एकीकरणको उत्सवमा, भर्खरैको विवेकशील साझा टुक्रिएको खबर । हुन त साँघुरो स्पेसमा भाँडा बढी ठोक्किने हुन् । सबैको भलो होस् ।’



विवेकशील साझाले आफूलाई वैकल्पिक राजनीतिक दल भन्ने गरेकोप्रति व्यंग्य गर्दै बोरा नामक ट्विटर ह्यान्डलमा लेखिएको छ, ‘एउटा सानो पार्टीको कुरा मिलाउन नसक्नेले के वैकल्पिक राजनीति गर्नु हो !’

दुई संयोजकले पार्टी एकीकरण भएको संकेत नदिने तर्क गर्दै समाजशास्त्री सुरेश ढकाल लेख्छन्, ‘दुई संयोजक रहिरहनु भनेको दुई पार्टी एक भइनसक्नु भन्ने बुझ्ने हो भने विवेकशील साझाको बाटोमा हिँड्ने पालो अब दुई संयोजकवाला पार्टीको हुनेछ । समय कति लाग्छ ? त्यो दलको आकारमा भर पर्ने होला । अनौठो थिएन, अनौठो होइन, अनौठो हुने छैन । मूल कुरो राजनीतिक चरित्र जोगाउनु हो ।’



  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार २०:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया