कैलाली जिसस निर्वाचन : स्वतन्त्र मेयर हमालको मत सत्ता गठबन्धनलाई

कैलाली जिल्ला समन्वय समिति गठनका लागि भएको मतदान सम्पन्न भएको छ । विहान ७ बजे सुरु भएको मतदान सम्पन्न भएको हो । मतदानमा दलहरूबाट निर्वाचित हुनेहरुले अघि नै मतदान गरे पनि धनगढी उपमहानरपालिकाबाट निर्वाचित स्वतन्त्र मेयर गोपाल हमालले अहिले मात्र मतदान गरेका हुन । हमालको निर्णायक मत भएको हुँदा अन्तिममा मतदान गरेको हुन सक्ने धेरैको बुझाई छ ।

हमालले सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गरेको बताएका छन् । मतदानमा कूल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।  

जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका थिए । समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी छ । 

जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको थियो ।

२५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । अर्कोतर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १३:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया