प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन भीम रावलको माग

नेकपा (एमाले)का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउनसमेत माग गरेका हुन् ।

उनले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए । डा. रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपत्ति जनाए । अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा  अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आशंका उत्पन्न भएको डा. रावलले बताए । उनले अन्तराष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनु पर्ने माग राखे । प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भिर रहेको रावलको भनाई छ ।

उहाँले भन्नुभयो, ‘नेपालको परराष्ट्र नीतिलाई असंग्लन र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं । तर त्यो अहिले सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ ।’ डा. रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत बताए । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १३:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया