Mon, 21 Jan, 2019


नक्कली डिएसपी पक्राउ
फरकधार / पुस २७, २०७५

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी नायव उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । 

परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेस्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताए । 



यो पनि नछुटाउनुहोस्