प्रचण्डले भने– यो निर्वाचन प्रणालीले वाक्कदिक्क बनायो
फाइल तस्वीर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेरिनु पर्ने बताएका छन् । उनले यो निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको भन्दै यसलाई फेर्नु पर्ने तर्क गरेका हुन् ।

नेकपा माओवादी केन्द्र बर्दियाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नु पर्ने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्छ । अहिलेको प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेताहरुले कहिल्यै चुनाव जित्न नसक्ने भए ।’

उनले माओवादी केन्द्र पहिलेको भन्दा ठूलो शक्ति भएर अगाडि बढ्नेमा गृहकार्य भइरहेको पनि बताएका छन् । ‘हामी चुनावी तयारी गरौँ, माओवादी केन्द्र पहिलेको भन्दा ठूलो शक्ति बन्नुपर्छ,’ उनले भने ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १७:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया