नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडीलाई दर्शकले मन पराउनु भनेको काम सफलता भएको बताएका छन् । सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रंग पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुसी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएको समेत बताए । उनले यो गीत नयाँपनको गीत भएको र नाच्ने र महसुस गर्ने किसिमको गीत भएको बताए ।
त्यस्तै, नायिका पूजा शर्माले गीतको अभिनय फ्यानमाझ गर्न पाउँदा खुसी लागेको बताइन् । फ्यानहरुलाई फोटो खिच्नका लागि पर्याप्त समय दिन नसकेको भन्दै उनले आगामी दिनमा फ्यानहरुसँग बसेर फोटो खिच्ने पनि बताइन् । उनले फिल्ममा दार्जिलिङको चिया बगानको संघर्ष पनि समेटिएको बताइन् ।
फिल्म जेठ ६ गतेबाट हलहरुमा चल्ने भनिए पनि विभिन्न कारण स्थगित भएको थियो । फिल्म आगामी असार ३१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र पूजाले मुख्य पात्रको भुमिका निर्वाह गरेका छन् ।
चलचित्रमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि मुख्य अभिनय रहेको छ । निमेष प्रधानले निर्देशन गरेको फिल्म दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय दृश्यहरुमा छायांकन भएको छ ।
निर्देशक प्रधानकै कथा र पटकथा रहेको रहेको चलचित्रको संवाद लेखनमा कलाकार शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको फिल्ममा राजन ईशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा किम्भेले सम्पादन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।