र्‍यापर जीबब, बाबुआमा र सुधारगृहबीच भयो तीन बुँदे सहमति

जीबब भनेर चिनिने र्‍यापर सुदीप भण्डारीको पछिल्लो समयको विवाद अहिलेका लागि टुंगिएको छ । उनको विवादको विषयमा सहमति भएको हो । 

भण्डारी, उनका बाबुआमा र सुधारगृहबीच तीन बुँदै सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच सहमति भएको हो । काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार र्यापर भण्डारीलाई अझै केही समय समर्पण समाज नेपाल, कपनमा रहेको सुधारगृहमा राखिने भइएको छ ।

जीबबले चाहेको समयमा आमाबाबुलाई भेट गराउने व्यवस्था अब सुधारगृहमले मिलाउने भएको छ । कुनै कार्यक्रममा उनी जाँदा बाबुआमाको सहमती लिनु पर्ने पनि उनीहरुबीच सहमति भएको छ ।

यसअघि जीबबले आमाबाबुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उनका आमाबाबुले पनि उनीविरुद्ध उजुरी दिएका थिए । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया