राप्रपामै फर्किए उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ

कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गर्दै उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन् ।  वैशाखमा राप्रपा नेपाल परित्याग गरेका उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । 

पौडेल र गुरुङ राप्रपामै फर्किएपछि लिङ्देनले भनेका छन्, ‘राप्रपामा उहाँहरूको पुनरागमनले हामी हर्षित र उत्साहित छौं,’   ‘राप्रपामा उहाँहरूको पुनरागमनले हामी हर्षित र उत्साहित छौं ।’  

राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरुङले साथ दिएका थिए ।

राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए । उनीहरूले केही समयअघि राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका थिए ।

पौडेल र गुरुङलाई राप्रपाले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन ।   





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ८:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया