चुरोटको प्रत्येक खिल्लीमा स्वास्थ्य चेतावनी राख्दै क्यानडा

क्यानडाको सरकारले चुरोटका हरेक खिल्लीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धूमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । 

सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् । सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई बेवास्ता गर्दै’ चुरोटमा पहुँच राख्छन् । 

यस विषयमा शनिबारदेखि ७५ दिने सार्वजनिक वहस कार्यक्रम सुरु हुँदैछ । ‘खिल्लीमा नै स्वास्थ्यसम्बन्धी सावधानी सन्देश राख्दा यो मानिसहरूसम्म पुगेको सुनिश्चित हुनेछ,’ मन्त्री बेनेटले भनिन् । 

सन् २००१ मा चुरोटको प्याकेटमा राखिएको सावधानीसहितको फोटो सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी नभएको उनले बताइन् । सरकारले ल्याउन लागेको नयाँ प्रस्तावको क्यानडाको हर्ट एन्ड स्ट्रोक फाउन्डेसनले स्वागत गरेको छ ।

 ‘क्यानडामा अब विश्वमा चुरोटका लागि सबैभन्दा बलियो स्वास्थ्य चेतावनी प्रणाली हुनेछ,’ फाउन्डेसनका सीईओ डग रोथले भने ।  





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १०:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया