अमेरिकाको लस एन्जलसमा गोली चल्यो, तीन जनाको मृत्यु

लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै, चारजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

आक्रमणको उद्देश्य प्रष्ट भइसकेको छैन । शंकास्पदका बारेमा प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन । 

घाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकाण्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीय र्यान्डी टाइसन छन् । गोलीकाण्डमा मारिएका तेस्रो व्यक्तिको पहिचान हुन बाँकी छ । 

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकाण्ड सार्वजनिक भएको हो ।  





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १२:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया