शालिकराम जमकट्टेलको यो भाषण जसले मेयर बालेनलाई कार्यक्रम बीचमै हेटौंडाबाट काठमाडौं फर्कायो

काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहको एउटा फेसबुक स्टाटस अहिले चर्चामा छ । उनले सोमबार विहान सवा दश बजे सामाजिक सन्जाल फेसबुकमा लेखेका थिए– बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो । 

अनि यसको अन्त्यमा उनले थ्यांक यु लेखेका छन् र हाँसिरहेको एक स्माइली प्रयोग गरेका छन् ।

हेटौंडामा भएको स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा पुगेका बालेनले यो लेखेपछि अहिले यसले व्यापक चर्चा पाएको छ ।

उनी यो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका थिए । तर, पहिलो दिनको उद्घाटन समारोहपछि नै उनी त्यहाँ बसेनन्, काठमाडौं फर्किए ।

यो कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले एउटा मन्तव्य राखेका थिए । मेयर बालेनले उनको अभिव्यक्तिमा नै समस्या देखे, त्यसपछि कार्यक्रम छाडेर काठमाडौं आए । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा चर्चा भएको थियो । काठमाडौं महानगरको फोहोर बन्चरेडाँडामा फाल्ने विषयमाथि जमकट्टेलको असन्तुष्टि थियो । 



उनले कार्यक्रममा भनेका थिए, ‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन ।’

गत साता लामो छलफलपछि काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न थालिएको थियो ।



यही विषयमा मन्त्री जमकट्टेलको अभिव्यक्ति आएपछि बालेन रिसाएर काठमाडौं फर्किएका हुन् । मेयर शाह जमकट्टेल बोल्न थालेपछि कार्यक्रमबाट उठेर हिँडेका थिए । 

काठमाडौं महानगरवासीको गाली खान तयार रहेको भए पनि आफू विनाकारण अरुको गाली खान तयार नभएको बालेनले बताएका छन् ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १६:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया