बागमती प्रदेशसभामा पाँचवटा प्रतिवेदन पेस

बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश लोकसेवा आयोग ०७७/०७८ को वार्षिक प्रतिवेदनसहित पाँचवटा प्रतिवेदन पेस भएका छन् । बजेट ल्याउने अघिल्लो दिन आज प्रदेश सरकारले पाँच प्रतिवेदन पेस गरेको हो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेस गरे ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका छन् । 

आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा मन्त्री जम्मकट्टेलले आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ उत्पादन (उत्पादकको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६.९ प्रतिशत अर्थात् रु १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १८:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया