वीरेन्द्रनगरमा चलचित्र कार्यशाला आयोजनाको तयारी
फरकधार / ३१ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

वीरेन्द्रनगरमा चलचित्र कार्यशालाको आयोजना गरिने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा आठ दिने ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला’को आयोजना गरिने भएको हो ।



उक्त कार्यशालामा चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनयजस्ता विविध विधामा प्रशिक्षण दिइने केबी इन्टरटेनमेन्टका अध्यक्ष भुपेन्द्रकुमार खड्काले जानकारी दिए ।



चलचित्र कार्यशाला असार १० गतेदेखि १७ गतेसम्म चल्नेछ । कार्यशालामा सहभागिताका लागि आयोजक संस्थाले आह्वानसमेत गरेको छ । कार्यशालामा कर्णालीका दशवटा जिल्लाबाट सम्बन्धित क्षेत्रमा रुचि भएका दुई–दुईजना सहभागी रहने खड्काले जानकारी दिए ।



यसका लागि प्रशिक्षार्थीले दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।







  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १९:२८:७,   अन्तिम अपडेट : जेठ ३१, २०७९ मंगलबार १९:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया