बुधबारदेखि सुर्खेतमा पेट्रोलको सहज आपूर्ति हुने

सुर्खेतमा बुधबारदेखि सहजै रुपमा पेट्रोल पाइने भएको छ । केही दिनयता कर्णाली प्रदेशभर पेट्रोलियम पदार्थको अभाव देखिएको थियो । 

सोमबारझैँ मंगलबार पनि वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारीसाधनको लामै भिड लागेको छ ।
 
कर्णालीका पम्पहरुमा मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुँदै गएको नेपाल आयल निगमको कर्णाली प्रादेशिक कार्यालय प्रमुख राजकुमार केसी बताउँछन् । उनले भने, ‘सोमबार मात्र सुर्खेतमा चार हजार लिटर पेट्रोल झरेको छ । मंगलबार साँझसम्म भने थप पेट्रोल सुर्खेत झर्छ ।’

सुर्खेतका लागि भनेरै ६० हजार लिटर पेट्रोल आइसकेको छ । केसीले भने, ‘यहाँ ६० हजार लिटर पेट्रोल आइपुगेको छ । यो पेट्रालले मात्र तीन दिनसम्म पुग्छ ।’

अन्य सामान्य दिनमा झै आवश्यकताभन्दा पनि बढी मात्रामा पेट्रोल भर्नेहरुको संख्या रहेकाले हालका दिनमा सुर्खेतमा पेट्रोल खपत बढेको देखिएको उनले बताए । उनले भने, ‘अन्य दिनमा भन्दा अहिले पेट्रोलको अभाव हुन सक्ने सम्भावना लिएर आवश्यकताभन्दा बढी मात्रामा पेट्रोल भर्नेहरुको संख्या धेरै छ । सुर्खेतमा मंगलबार साझ पेट्रोल आइपुगेको छ । अभावको डरले भरेर राख्न पर्दैन ।’

नेपाल आयल निगमको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख केसीले भारतीय भन्सारका कारण कर्णालीमा पेट्रोल आउन केही समय लागेका कारण यहाँ अभाव भएको बताए । भातीय भन्सारमा विद्युतिय प्रणाली परिवर्तन भएका कारण पेट्रोल बोकेका ट्यांकरहरुलाई नेपाल प्रवेश गर्न ढिलाइ भएको हो ।

‘भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन भएको थियो । भन्सारमा विद्युतीय सिस्टम परिवर्तन भएका कारण पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गर्न समय लागेको हो’, उनले भने, ‘इन्धन बोकेको नेपाल आउने ट्यांककर प्रक्रियागत कार्यका लागि केही दिन नाकामै रोकिए, यता नेपालमा भएको तेल अभाव खपत बढ्यो अनि अभाव देखिन थाल्यो ।’



भारतीय नाकामा पाँच लाख लिटर पेट्रोल रोकिएको छ । यसैगरी १२ लाख लिटर डिजल समेत रोकिएको छ । उनले भने, ‘नाकामा सुर्खेत आउने पाँच लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ ।’

भारतीय भन्सारमा विद्युतीय प्रणाली परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिएका थिए । 



मंगलबारसम्ममा सुर्खेत आएको तेलले यहाँ अझै तीन दिनसम्म बाँड्न पनि मिल्छ । सो समयमा अझै धेरै मात्रामा पेट्रोलियम पदार्थ कर्णाली भित्रिसक्ने भएकाले नागरिकलाई नआत्तिन उनले अनुरोध गरे । 

यसका साथै सुर्खेतमा प्रशस्त मात्रामा डिजलगातयतका पेट्रोलियम पदार्थ उपलब्ध रहेको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार २१:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया