काठमाडौं– कोरियन मोटर निर्माता कम्पनी किया मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता कन्टिनेन्टल टे«डिङ प्रालिले नेपाली बजारमा सर्वाधिक रुचाइएको स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५औं वर्षको अवसरमा २७ पुस २०७५ को दिन राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा विशेष कार्यक्रम गरी चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक गरिएको हो ।
कियाले उत्पादन गरेका मोडेलमध्य सबैभन्दा लामो समयसम्म विश्व बजारमा लोकप्रिय हुन सफल कारको दर्जामा स्पोर्टेज गणना हुने गरेको छ । विश्वबजारमा सर्वाधिक बिक्री हुने स्पोट्स युटिलिटी भेहिकल (एसयुभी) को सुचीमा स्पोर्टेजले आफ्नो स्थान सुरक्षित गर्दै आएको छ ।
नेपाली बजारमा नयाँ स्पोर्टेजको मूल्य ६९ लाख ९० हजार रुपैयाँबाट सुरु गरिएको छ । नयाँ कार चार भेरिएन्टमा उपलब्ध गराइएको छ । नयाँ स्पोर्टेजको इन्टेरियर र एक्सटेरियरमा थप आकर्षक विशेषता छन् ।
पेट्रोल र डिजेल दुवै भर्सनसँगै नयाँ स्पोर्टेज जिटी लाइन मोडलमा पनि उपलब्ध छ । कार विभिन्न ६ नयाँ रङमा उपलब्ध छ । एसयुभी कारको भीडमा नयाँ स्पोर्टेजले बेग्लै उदाहरण प्रस्तुत गर्ने कम्पनीको विश्वास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।