राजस्व जम्मा हुने बैंक अब शनिबार पनि खुला रहने

काठमाडौं– राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउन्टर शनिबार र बिदाको दिनसमेत सञ्चालन ल्याउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । शनिबार राजश्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउन्टर पूरै समय खुला राखी नियमित रूपमा राजश्व बुझ्न आग्रह गरिएको हो ।

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको ६ महिनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ ।

यस्तै, राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । 





  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार १३:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया