logo-img

अमेरिकामा गर्मी बढ्यो, सर्वसाधारणलाई घरभित्रै बस्न सुझाव

मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ । फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ । १० करोड अमेरिकीहरुलाई घरभित्रै बस्न भनिएको छ ।

बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ । शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्नुहोस् । ’ यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार रातिबाट सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया