Mon, 21 Jan, 2019


फ्युल चार्ज ९.५७ प्रतिशतले घटेका कारण हवाई भाडा घट्यो
फरकधार / पुस २८, २०७५

काठमाडौं– सरकारले आइतबारबाट लागू हुने गरी आन्तरिक हवाई भाडा घटाएको छ । गत बिहीबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ घटाएपछि सोही अनुपातमा फ्युल चार्ज घटेका कारण भाडा पनि घटेको हो ।

मूल्य समायोजनपछि १ सय ४ रुपैयाँ ५ पैसा प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य ९.५७ प्रतिशतले घटेर ९४ रुपैयाँ ५ पैसा भएको थियो । सोही अनुपातमा फ्युल चार्ज ९० रुपैयाँ देखि ४ सय ४० रुपैयासम्म घटाएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

वायुसेवा सञ्चालकले हवाई भाडादर निर्धारण गर्दा ‘इन्धनशुल्क’ छुट्टै शीर्षकमा राखेका हुन्छन् । तर, यात्रुले भने भाडाको रूपमा सबै रकम एकमुष्ट तिनुपर्छ । इन्धनको मूल्य घट्दा स्वतः इन्धनशुल्क पनि घट्छ । सोही आधारमा हवाई दर घट्ने गरेको छ । यस्तो छ नयाँ भाडा दरः 


 



यो पनि नछुटाउनुहोस्