Mon, 21 Jan, 2019


मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित
फरकधार / पुस २८, २०७५

एजेन्सी- भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । 

दोस्रो ६ वर्षे कार्यकालका लागि ५६ वर्षीय मोदुरोले गत बिहीबार शपथग्रहण गरेका थिए । उनी गत मे महिनामा भएको अति विवादास्पद निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । साे निर्वाचनलाई विपक्षीहरूले बहिष्कार गरेका थिए । 

अमेरिका, युरोपेली संघ, अमेरिकी देशहरूको संगठनलगायतले निर्वाचनमा धेरै कमजोरी भएको भन्दै निर्वाचनलाई मान्यता दिएका छैनन् । उनीहरूले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन् । संसदका अध्यक्ष जान गुइडोले संविधानले संसदलाई दिएको अधिकारअनुसार नै मोदुरोलाई जिम्मेवारी दिइएको बताएका छन् ।  

सरकारी पक्षले आन्दोलनकारीलाई सडकबाट हटाउन सैन्य शक्तिको आवश्यकता पर्न सक्ने बताएको छ । यसअघि लिमा समूह नाम दिएका ल्याटिन अमेरिकी देशका १२ ओटा देश र क्यानाडाले पनि भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोलाई नमान्ने जनाएका थिए । 

ती देशका विदेशमन्त्रीको बैठकले आफ्ना देशका सरकारले भेनेजुएलाका राष्ट्रपतिका रुपमा मोदुरोलाई राष्ट्रपतिका रुपमा स्वीकार नगर्ने जनाएको हो । 



यो पनि नछुटाउनुहोस्