वर्थ डे पार्टी मनाउँदा आगलागी, ८ जनाको मृत्यु

तेहरानमा जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ। ’काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १४:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया