कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ३२ अर्बको बजेट ल्याएको छ । चालू आर्थिक वर्ष २०७८–०७९ मा लागि ३६ अर्ब बराबरको बजेट ल्याइएकोमा यो वर्ष चार अर्ब घटेको हो ।
बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख, १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार पुँजीगत र ४ अर्ब एक करोड ५७ लाख वित्तीय हस्तान्तरणतर्फ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।