कर्णालीमा दुग्ध उत्पादन वृद्वि गर्न कृषकलाई दूध उत्पादनमा प्रतिलिटर १० रुपैयाँसम्म अनुदान रकम दिइने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेशको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशमा गाई भैँसी पालन गर्ने किसानलाई प्रोत्साहन दिई दुग्ध उत्पादन वृद्वि गर्न अनुदान रकम दिने बजेटमा व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्री विष्टका अनुसार औपचारिक क्षेत्रमा दूध बिक्री गर्ने किसानलाई भुगोलका आधारमा दूधमा अनुदान दिइनेछ । कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका कृषकलाई प्रति लिटर १० रुपैयाँ र रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका कृषकलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको हो ।
यसैगरी, जिल्ला स्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट उपचार सम्भव नभएका पशुपन्छीको रोग निदान र उपचार गर्न पशुपन्छी विकास निर्देशनालय अन्र्तगतको प्रयोगशालालाई रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति गरिने मन्त्री विष्टले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।