कर्णालीमा उद्योगका लागि जग्गा रजिस्ट्रेसन शुल्कमा छुट

कर्णाली प्रदेशमा उद्योगहरुको नाममा जग्गा खरिद गर्दा रजिस्ट्रेसन  शुल्कमा छुट पाइने भएको छ ।

प्रदेशमा उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट दिइने आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए ।

आगामी आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेश सरकारको बजेट प्रस्तुत गर्दै उनले यस सम्वन्धि राजस्व छुट तथा सहुलियत सुर्ती र मदिराजन्य बाहेकका उत्पादनमूलक उद्योग स्थापनाका लागि लागू हुने बताएका हुन् ।

यसैगरी, प्रदेशमा दुई वा दुईभन्दा बढी पक्षले आपसी सहमतिमा कृषि प्रयोजनका लागि जग्गाको चक्लाबन्दी गर्न हक हस्तान्तरण गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको मन्त्री विष्टले जानकारी दिए ।

साथै, प्रदेशभित्र स्थायी ठेगाना भएका नागरिकले स्वामित्वमा रहेको अन्य प्रदेशमा दर्ता भएका सवारीसाधन प्रदेशभित्र सरुवा दर्ता गर्दा त्यस्तो सरुवा दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत दिइने उनले बताए ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १९:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया