एमालेले भन्यो : मधेस प्रदेश सरकारले ल्याएको बजेट अनुत्तरदायी र हावादारी

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट चुनाव केन्द्रित रहेको प्रतिपक्षी दल नेकपा एमालेले टिप्पणी गरेको छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेस प्रदेश सरकारले ल्याएको बजेटलाई अनुत्तरदायी र हावादारीको संज्ञा दिएको हो ।

बुधवार सरकारको तर्फबाट अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ल्याएको बजेटमाथि टिप्पणी गर्दै प्रतिपक्षि दल नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले यो बजेट चुनाव केन्द्रित र कार्यकर्तामुखी रहेको बताएका हुन् । 

‘यो बजेट पुर्णतया चुनाव केन्द्रित रहेको छ । मतदातालाई प्रभावमा पार्न मन्त्रीहरुले अधिकांश योजनाहरु आ–आफ्नो क्षेत्रको नामै किटेर लगेका छन् । त्यति मात्र नभई बजेटमा दिर्घकालिनभन्दा पनि खुद्रे योजनालाई ग्राहयता दिएर कार्यकर्तामुखी बनाइएको छ,’ उनले भने । 

मण्डलले बजेट कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । उनले अनुमानित स्रोतभन्दा बढी बजेट ल्याइएकोले कार्यान्वयनमा ल्याउने कुनै आधार नरहेको दावीसमेत गरे ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार २१:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया