युक्रेनको सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसे : राष्ट्रसंघ

युक्रेनी शहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्टमुनि बंकरहरूमा आश्रय लिइरहेका छन् । 

शहर बाहिर जाने अन्तिम पुल यही हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो । जसकारण शहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन् । ​सेभेरोदोनेत्स्क कब्जा गर्नु रसियाको लागि शीर्ष सैन्य लक्ष्य भएको छ । रुसी सेनाले शहरको अधिकांश भाग नियन्त्रण गरेको छ ।

‘पानी र सरसफाइको अभाव ठूलो चिन्ता हो । यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो, किनभने मानिसहरू पानीबिना लामो समयसम्म बाँच्न सक्दैनन्’, राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भने । 

संयुक्त राष्ट्रले शहरमा फसेकाहरूलाई सहायता प्रदान गर्ने आशा राखेको छ । तर, निरन्तर लडाइँका कारण आफ्ना निकायहरू महिला, केटाकेटी र वृद्धसहित अझै पनि त्यहाँका नागरिकहरूमा सुरक्षित रूपमा पहुँच राख्न नसकेको राष्ट्रसंघले जनाएको छ । 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ७:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया