बुबाको स्वास्थ्य बिग्रिएपछि चलचित्रको प्रचार छाडेर अस्पताल पुगे वरुण धवन

बलिउड अभिनेता वरुण धवनका बुबा तथा फिल्ममेकर डेविड धवन अस्पताल भर्ना भएका छन् । उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको हो । मधुमेहका कारण डेविडको स्वास्थ्य अवस्था बिग्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   

बुबा अस्पताल भर्ना भएको खबर पाएलगत्तै वरुण आफ्नो आगामी फिल्म ‘जुगजुग जियो’ को प्रमोशन कार्यक्रम छाडेर मुम्बई फर्किएका छन् । बुधबार दिउँसो वरुण फिल्मको प्रचारमा व्यस्त थिए । तर, बुबाको स्वास्थ्यअवस्थाबारे जानकारी पाएलगत्तै उनी हतारहतारमा अस्पताल पुगेका छन् । 

डेविडले आफ्नो करियरमा धेरै सुपरहिट चलचित्र बनाएका छन् । जसमा ‘कुली नम्बर १’, ‘मै तेरा हिरो’, ‘जुडवा’, ‘हसीना मान जायेगी’, ‘साजन चले सुसरल’, ‘जोडी नम्बर १’, ‘पार्टनर’, ‘मैने प्यार क्यूँ किया’ जस्ता फिल्महरू छन् ।  
 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार ९:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया