बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक करण जोहरले हालै एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । अन्तर्वार्ताका क्रममा उनले सही जीवनसाथी पाउन ढिलो भइसकेको महसुस गरेको बताए । साथै, करणले आफ्नो व्यक्तिगत जीवनमा धेरै ध्यान नदिएकोमा पछुताएको लागेको पनि बताए ।
‘म मेरो व्यक्तिगत जीवनमा अलि बढी ध्यानकेन्द्रित गरेको भए हुन्थ्यो । मलाई लाग्दैन कि मैले त्यसो गरेको छु । एक बुबाको हैसियतमा म आज धेरै सन्तुष्ट महसुस गर्छु । म बुबा बनेको राम्रो भएको हुनुपर्छ,’ उनले भनेका छन् ।
समयमै बिहे नगरेको पछुतो लागेको पनि उनले बताए । ‘जहाँसम्म विवाहको सवाल छ, मलाई लाग्छ कि मैले त्यसमा ५ वर्ष ढिलो गरेको छु । म यो पहिले गरेको भए हुन्थ्यो तर मलाई लाग्छ कि यो फिल्म निर्माण, स्टुडियो र अन्य धेरै कुराहरूले गर्दा फोकस गर्न सकिनँ,’ करणले अन्तर्वार्ताका क्रममा भने ।
अविवाहित रहेका करण दुई जुम्ल्याहा सन्तानका बुबा भने बनिसकेका छन् । उनी २०१७ मा सरोगेसीमार्फत बुबा बनेका थिए । उनी सन् २०१७ मा सरोगेसीको माध्यमबाट बुबा बनेका थिए । २५ मे १९७२ मा जन्मिएका करणले दूरदर्शनको टिभी शो इन्द्रधनुषबाट बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।