बिपिएलमा सन्दीप : लगातार दुई खेल विकेटविहीन

काठमाडौं– बंगलादेशमा जारी बिपिएलको पछिल्लो दुई खेलमा सन्दीप लामिछाने विकेटविहीन बनेका छन् ।  

आफ्नो तेस्रो खेलमा शनिबार चार ओभर बलिङ गरेका सन्दीपले विनाविकेट ३३ रन दिए । दोस्रो खेलमा पनि सन्दीपले ४ ओभरमा २१ रन खर्चिंदा एक विकेट पनि लिन सकेका थिएनन् । पहिलो खेलमा भने उनले १६ रन खर्चेर २ विकेट लिएका थिए । 

शनिबारको खेलमा सन्दीप आठौँ ओभरमा बलिङ गर्न आएका थिए । आफ्नो पहिलो ओभरमा उनले एक छक्कासहित ११ रन दिए । 

त्यसपछि ११औँ ओभरमा आएका सन्दीपले एक चौकासहित ८ रन दिए । १४औँ ओभरमा फर्किएका उनले एक चौकासहित ६ रन दिए । लगत्तै, १६औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्न आएका सन्दीपले एक छक्कासहित ८ रन खर्चिए । 

बिपिएलमा सन्दीप सिल्हेट सिक्सर्सबाट खेलिरहेका छन् । शनिबार भएको तेस्रो खेलमा सिक्सर्सले ढाका डाइनामाइटको सामना गरिरहेको छ । डाइनामाइटले टस  हारेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो खेल हारेको लामिछानेको टिमले दोस्रो खेलमा भने जित निकालेको थियो । 





  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार २०:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया