आइसिसी वरीयतामा पारस र सोमपालको प्रगति, वसन्त यथावत्

काठमाडौं– आइसिसीले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामी एक–एक स्थान माथि उक्लिएका छन् भने बलर वसन्त रेग्मी यथावत् छन् । 

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरीयताको ब्याटिङतर्फ शीर्ष १०० भित्र परेका कप्तान पारस वरीयता एक स्थान सुधार गर्दै ९६औँ स्थानमा छन् । अघिल्लो महिना पारस ९७औँ स्थानमा थिए । 

बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अंकसहित ७४औँ र सोमपाल ३३८ अंकसहित ९३औँ स्थानमा छन् । अघिल्लो महिना वसन्त ७४औँ स्थानमै थिए भने सोमपाल ९४औँ स्थानमा थिए । सोमपालले पनि एक स्थान सुधार गरेका छन् । 

अलराउन्डरतर्फ कप्तान पारस यथावत् छन् । शीर्ष ५० भित्र अटाएका पारस ६८ अंकसहित ४२औँ स्थानमा छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अंकसहित ६४औँ स्थानमा परेका हुन् । 

आइसिसीको टी–२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्यान्डका कोलिन मुन्द्रो, अस्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेस्ट इन्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् । 

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, न्युजिल्यान्डका इश सोधी चौथो र इंग्ल्यान्डका आदिल राशिद पाँचौ स्थानमा छन् । 



अलराउन्डरतर्फ अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बंगलादेशका शाकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा छन् । 

अघिल्लो वर्ष नेपालले एकदिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरीयतामा समावेश भएका हुन् ।   



  • प्रकाशित मिति : पुस २८, २०७५ शनिबार २०:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया