मन्त्री गहतराज र एनआरएनए रुसका पदाधिकारीबिच छलफल

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्यााउन रुसका गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् । रसियाली सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । 

रुस भ्रमणको अन्तिम दिन बिहीबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै मन्त्री गहतराजले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरेका हुन् । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न उनले गरे । 

विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए । विदेशमा आर्जन गरेको सीप र स्विप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री गहतराजले नेपालमा लगानी भित्र्याउन रुसमा रहेका नेपालीलाई आग्रह गरे । 

अवसर र सम्भावनाको हिसावले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद् रहेको उनको दाबी थियो । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनएका पदाधिकारीको सहभागिता थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १७:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया