बेलायतमा ‘कप्टी’को विशेष प्रदर्शन हुने

निर्देशक भुपेन्द्र गुरुङको फिल्म ‘कप्टी’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । फिल्म १९ जुनमा सामुएल कोडी स्पोर्ट्स कलेज भेलेन्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुन लागेको हो ।

भ्याली फिल्म एकेडमीको ब्यानरमा बनेको फिल्मको विशेष प्रदर्शनको आयोजना डाँडाथोक युरी परिवारले गर्न लागेको हो । फिल्ममा शेरबहादुर गुरुङ, उर्मिला गुरुङ, उमेश गुरुङ, स्मृति बलामी, गिरीप्रसाद पुन ‘लाहुरे दाइ’, केशव राई, सोनी गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन सोलुखुम्बुको जुबु, मैदेल गाउँ, गोकियो रि, कालिन्चोक, लमजुङको डाँडाथोक गाउँ र इलाममा छायांकन गरिएको छ ।

फिल्ममा मदनकाश्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन, समिर मियाको कलर र भी एफ एक्स, आश्रम गुरुङको शब्द, संगीत, मोहनकुमार खत्री, प्रेमबहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङको निर्माण र नातीकाजी गुरुङको सह–निर्माण छ ।





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १८:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया