बागमतीको बजेटः धादिङलाई सबैभन्दा बढी, रसुवालाई सबैभन्दा कम, अरु जिल्लालाई कति ?

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेट प्रस्तुत गरे । सरकारले चालू आर्थिक वर्षको भन्दा ठूलो बजेट ल्याएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सार्वजनिक गरेको बजेटअनुसार धादिङ्ग जिल्लालाई प्रदेश सरकारले सबैभन्दा धेरै रकम छुट्याएको छ । प्रदेशको १३ जिल्लामध्ये धादिङ्गले सबैभन्दा धेरै रकम प्राप्त गर्ने भएको हो । त्यस्तै सबैभन्दा कम बजेट छुट्याएको जिल्ला रसुवा रहेको छ ।

बागमतीका कुन जिल्लालाई कति बजेट ?

धादिङ

धादिङलाई ९१ करोड ३४ लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको छ । समानीकरण अनुदानतर्फ १९ करोड १० लाख १३ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतफ ३३ करोड ८१ लाख १५ हजार रहेको छ भने विशेष अनुदानतर्फ ८ करोड ७० लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा २९ करोड ७७ लाख १२ हजार रुपैयाँ, चालुतर्फ ६१ करोड ६१ लाख २१ हजार, पुँजिगततर्फ २९ करोड ७३ लाख १२ हजार धादिङ्गलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।



 

मकवानपुर



आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले मकवानपुर जिल्लालाई ७५ करोड ८६ लाख २० हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख ३२ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  २६ करोड २२ लाख ९४ हजार रहेको छ भने विशेष अनुदानतर्फ ८ करोड १५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा ११ करोड ७० लाख रुपैयाँ, चालुतर्फ ४७ करोड ५२ लाख २६ हजार, पुँजिगततर्फ २८ करोड ३२ लाख ९४ हजार मकवानपुरलाइ बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

दोलखा

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले दोलखा जिल्लालाई ८३ करोड ५२ लाख ७२ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ ११ करोड ७६ लाख  १३ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  २२ करोड ६४ लाख ८८ हजार रहेको छ भने विशेष अनुदानतर्फ ७ करोड १० हजार अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा २२ करोड २९ लाख ७४ हजार रुपैयाँ, चालुतर्फ ४१ करोड ५१ लाख १ हजार, पुँजिगततर्फ २२ करोड २९ लाख ७४ हजार दोलखा बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

रामेछाप

रामेछाप जिल्लालाई आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले ५५ करोड ५७ लाख बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ ११ करोड ६९ लाख ६३ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  १७ करोड ९० लाख १० हजार रहेको छ भने विशेष अनुदानतर्फ ७ करोड ४४ हजार अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा १८ करोड ५३ लाख २७ हजार रुपैयाँ, चालुतर्फ ३७ करोड ३ लाख ७३ हजार, पुँजिगततर्फ १८ करोड ५३ लाख २७ हजार रामेछाप लाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

सिन्धुली 

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले सिन्धुली जिल्लालाई ५४ करोड १० लाख ५५ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ ९ करोड ९६ लाख  ९ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  २२ करोड ४३ लाख ४९ हजार रहेको छ भने विशेष अनुदानतर्फ ३ करोड ६२ हजार अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा १८ करोड २८ लाख ९७ हजार रुपैयाँ, चालुतर्फ ३६ करोड १ लाख ५८ हजार, पुँजिगततर्फ  १८ करोड ८ लाख ९७ हजार सिन्धुली बागमती प्रदेश सरकारले विनियोजन गरेको छ । 

काभ्रेपलाञ्चोक

आर्थिक वर्ष २०७९÷०८० को लागि प्रदेश सरकारले काभ्रेपलाञ्चोक  जिल्लालाई ९० करोड  ८३ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ १४ करोड १२ लाख  ४२ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  ३२ करोड १७ लाख २६ हजार रहेको छ भने विशेष अनुदानतर्फ ७ करोड ८० हजार अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा ३५ करोड ९१ लाख १५ हजार रुपैयाँ, चालुतर्फ ५४ करोड ९ लाख ६८ हजार, पुँजिगततर्फ  ३५ करोड ९१ लाख १५ हजार काभ्रेपलाञ्चोकलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

सिन्धुपाल्चोक

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लालाई ७६ करोड ९४ लाख ५३ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ  १६ करोड ५४ लाख  ६७ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  ३० करोड ५७ लाख ५४ हजार रहेको छ भने विशेष अनुदानतर्फ ६ करोड २० लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा २३ करोड ६२ लाख ३२ हजार रुपैयाँ, चालुतर्फ ५३ करोड ३२ लाख २१ हजार, पुँजिगततर्फ २३ करोड ६२ लाख ३२ हजार बजेट सिन्धुपाल्चोकलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

रसुवा 

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले रसुवा जिल्लालाई २६ करोड ९८ लाख ३५ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ  ३ करोड ७७ लाख  ८९ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  १२ करोड २५ लाख ६४ हजार रहेको छ भने विशेष अनुदानतर्फ ४ करोड ५७ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा ६ करोड ३७ लाख ८२ हजार रुपैयाँ, चालुतर्फ २० करोड ६० लाख ५३ हजार, पुँजिगततर्फ ६ करोड ३७ लाख २२ हजार बजेट रसुवालाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

नुवाकोट

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले नुवाकोट जिल्लालाई ८० करोड २८ लाख ८ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ  १० करोड ६४ लाख  ९९ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  २८ करोड ९९ लाख २ हजार रहेको छ भने विशेष अनुदानतर्फ १० करोड १५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा ३० करोड ४९ लाख ७ हजार रुपैयाँ, चालुतर्फ ४९ करोड ७९ लाख १ हजार, पुँजिगततर्फ ३० करोड ४९ लाख ७ हजार बजेट नुवाकोटलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

चितवन

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले चितवन जिल्लालाई ५५ करोड ४६ लाख २६ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ  १३ करोड ९८ लाख  ५९ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  २२ करोड १० लाख ३६ हजार रहेको छ भने विशेष अनुदानतर्फ २ करोड ३५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा १७ करोड २ लाख ३१ हजार रुपैयाँ, चालुतर्फ ३८ करोड ४३ लाख ९५ हजार, पुँजिगततर्फ १७ करोड २ लाख ३१ हजार बजेट चितवनलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

भक्तपुर

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले भक्तपुर जिल्लालाई ३१ करोड ९४ लाख ९७ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ  ८ करोड ९१ लाख  ५८ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  ८ करोड ८१ लाख ९९ हजार रहेको छ भने विशेष अनुदानतर्फ २ करोड २५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा ११ करोड ९६ लाख ४० हजार रुपैयाँ, चालुतर्फ १९ करोड ९८ लाख ५७ हजार, पुँजिगततर्फ ११ करोड ९६ लाख ४० हजार बजेट भक्तपुरलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

ललितपुर

आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश सरकारले ललितपुर जिल्लालाई ४४ करोड ८५ लाख ८५ हजार रुपैयाँ बजेट छुट्याएको छ । समानीकरण अनुदानतर्फ  १० करोड ६२ लाख  ७४ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतर्फ  १४ करोड ९६ लाख ३५ हजार रहेको छ भने विशेष अनुदानतर्फ ५ करोड ५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा १४ करोड २१ लाख ७६ हजार रुपैयाँ, चालुतर्फ ३० करोड ६४ लाख ९ हजार, पुँजिगततर्फ १४ करोड ३१ लाख ७६ हजार बजेट ललितपुरलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

काठमाडाैं

संघीय राजधानी समेत रहेको काठमाण्डौं जिल्लाको लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० बजेटमा काठमाण्डौं जिल्लालाई ८८ करोड ९ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

समानीकरण अनुदानतर्फ  ३० करोड ६९ लाख ८२ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ । त्यस्तै, सशर्त अनुदानतर्फ  २६ करोड ३० लाख ३२ हजार रहेको छ भने विशेष अनुदानतर्फ ५ करोड ५५ लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा २५ करोड ८१ लाख ३८ हजार रुपैयाँ, चालुतर्फ ६२ करोड २८ लाख १४ हजार, पुँजिगततर्फ २५ करोड ८१ लाख ३८ हजार बजेट काठमाण्डौंलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार २०:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया