एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएपछि जंगी अड्डामा आकस्मिक बैठक
राजेन्द्र क्षेत्रीले एसपिपीमा सहभागिताका लागि पत्र लेखेका थिए ।

अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्रामका लागि सहभागी हुन नेपाली सेनाको तर्फबाट पत्र पठाएको सार्वजनिक भएपछि जंगी अड्डामा आकस्मिक बैठक बोलाइएको छ ।

सैनिक मुख्यालयमा बोलाइएको यो आकस्मिक बैठकमा अब के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । 

यसअघि आजै नेपाली सेनाले आफूहरुले कुनै पत्र नपठाएको बताएको थियो । तर, सेनाका उच्च अधिकारीहरुले सेनाले पत्र पठाए पनि झुट बोलेकाले यस्तो अवस्था आएको बताएका छन् ।

सेनाले एसपिपीमा सहभागी हुन पठाएको पत्र सन् २०१५ मा पठाइएको हो । त्यति बेला नेपालमा प्रधानमन्त्री थिए, केपी शर्मा ओली । सेनाको पत्रमा आफूहरुले यस विषयमा सरकारसँग स्वीकृति लिएको उल्लेख गरिएको छ ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको यो पत्र २७ अक्टोबर २०१५ मा लेखिएको पाइएको छ । 

२०७२ साल कार्तित्र १० गते यो पत्र काटिएको समयमा नेपालमा प्रधानमन्त्री थिए, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । त्यति बेला रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए । ओली २०७२ साल असोज २५ गते भएको व्यवस्थापिका सांसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।



तत्कालीन नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई लेखिएको यो पत्रमा एसपिपीमा सहभागिताका लागि आग्रह गरिएको छ ।

यो पत्र सार्वजनिक भएसँगै नेपाली सेना पनि यो प्रकरणमा विवादमा तानिएको छ ।




  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार २०:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया