एसपिपीबारे छलफल गर्न संसदीय समितिले बोलायो सेनापतिलाई

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता गरेको भन्ने विषयमा अमेरिकी सेनाले चिठी लेखेको विषय बाहिर आएपछि संसदीय समितिले शर्मालाई बोलाएको हो ।

संसदीय समितिले शुक्रबार विहान ९ बजे बस्ने बैठकमा प्रधानसेनापति शर्मालाई बोलाएको हो ।

उनलाई समितिले अहिले सार्वजनिक भएका विषयमा विभिन्न विषयहरु स्पष्ट पार्नका लागि बोलाएको हो ।
 

एसपीपीबारे जानकारीसहित आउन प्रधानसेनापतिलाई पत्राचार गरिएको छ । यसविषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ ।

समितिको शुक्रबारको बैठकमा नेपालको परराष्ट्र नीति र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल गर्नका लागि परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई पनि बोलाएको छ ।






  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार २१:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया